दल

एकीकृत समाजवादीको काठमाडौंमा र्‍याली

इकागज |
असार १६, २०८१ आइतबार १४:१४ बजे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले काठमाडौंमा र्‍याली निकालेको छ । 

पार्टीको महाधिवेशन सुरु हुनु अघि समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थीत प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालेको हो । र्‍यालीमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए ।


नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवेशन मार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने समाजवादीले जनाएको छ । समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय  गरेको छ ।


Author

थप समाचार
x