दल

एकीकृत समाजवादीको महाधिवेशन सुरु, एमाले अनुपस्थित

इकागज |
असार १६, २०८१ आइतबार १५:१६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ । 

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् ।


असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरूले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ ।


Author

थप समाचार
x