दल

प्रचण्डले नेतृत्व छाड्नुपर्ने माग आएपछि...

इकागज |
साउन २८, २०८१ सोमबार १२:२४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ ।

गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ ।  जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो।  तर, शीर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो । 


बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए । सो पछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखेपछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ ।


Author

थप समाचार
x