दल

माओवादीको स्थायी समिति बैठक बस्दै

इकागज |
चैत २, २०८० शुक्रबार ६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बोलाइएको हो ।


सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ । 

बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ । 


Author

थप समाचार
x