कर्पोरेट

अन्तर्राष्ट्रिय रूपमा विस्तार हुँदै भारतको चर्चित फर्च्युन होटेल्स् अब नेपालमा

फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पा, भक्तपुरमा आगमन सँगै नेपालमा प्रवेश

इकागज |
बैशाख १८, २०८१ मंगलबार २१:१५ बजे

काठमाडौँ- भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका संचालकहरूले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रूपमा भारतीय होटल संजालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

'नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमै फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुसी छौँ । भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हामी दक्षिण एसिया र नजिकका अरु देशहरूमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो,' उद्घाटन समारोहमा बोल्दै फर्च्युन होटेल्स्का प्रबन्ध निर्देशक समिर एमसीले भने, 'सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरूले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरूको पहिलो रोजाइमा पर्छ । त्यसैले हामी हाम्रो संजालको प्रयोग गर्दै फर्च्युन होटेल्स्को सुविधाहरू नेपालमा ल्याउन चाहन्छौँ ।'


हिलटेक हेल्थ एण्ड होम्स् प्रा.लि.का अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले भक्तपुरमा आफुहरूको पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रूपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा होटल संचालकहरूलाई बधाई दिए । विश्वकै अग्लो शिव मूर्ति मध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ । यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्ने उनको भनाइ छ ।

शान्त वातावरणमा अवस्थित फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्यधिक आरामदायी बनाइएको छ ।

रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता  विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ ।

काठमाडौँबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दूरीमा अवस्थित फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरू पनि सहजै पुग्न सकिन्छ । साथै होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरूमाझ उत्कृष्ट गन्तव्यको रूपमा रहेको नेपालको आतिथ्य संस्कारमा एउटा अर्थपूर्ण छाप छोड्ने विश्वास लिएको छ ।


Author

थप समाचार
x