दल

माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै हो - रघुजी पन्त

इकागज |
भदौ १२, २०८१ बुधबार १८:० बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेका नेता रघुजी पन्तले माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै भएको बताएका छन् । 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले हिंसाको परिभाषा धेरै हुने भन्दै माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै भएको बताएका हुन् । माओवादी हिंसालाई छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि संक्रमणकालीन न्यायको बिषय आएको उनको भनाइ छ । उनले हिंसा शब्द गैरसंसदीय नभएको उल्लेख गरे । 


हिंसा शब्द गैरसंसदीय हुने पुष्टि गर्न उनले माओवादीलाई चुनौती दिए । बुधबारको संसद बैठकमा हिंसा शब्दका कारण एमाले र माओवादी सांसदबीच विवाद भएको थियो । 


Author

थप समाचार
x