दल

एमाले र माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन: कृष्णप्रसाद सिटौला

इकागज |
असोज ५, २०८१ शनिबार १७:५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका छन् । 

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कांग्रेसले यसअघि माओवादी र अहिले एमालेसँग सहकार्य गरेपनि उनीहरुले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका हुन् ।


कांग्रेसले देखाएको बाटोमा अन्य दल हिँडेमात्रै देश सफल हुने उनको भनाइ छ । उनले अन्य दललाई बाटो देखाउने गरि कांग्रेसले आफ्नो रणनीति तयार गर्नुपर्ने धारणा राख्नुभयो । सिटौलाले संविधान संशोधन र देशको विकासका लागि सबै दलहरुलाई सहमतिमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x