दल

उम्मेदवारी दर्ता पछि सिटौलाले भने - गठबन्धन दलहरू एक भएर अगाडि बढ्नेछौं, पार्टीभित्रको विवादपनि मिलाउँनेछु

इकागज |
पुस २३, २०८० सोमबार १३:२१ बजे

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । 

सिटौलाको समर्थकका नेपाली काँग्रेसका हिमाल कार्की रहेका छन् भने प्रस्तावकमा प्रदीप सुनुवार रहेका छन् । त्यस्तै माओवादीका उम्मेदवार कार्कीको समर्थनमा नेपाली कांग्रेसका राम खत्री रहेका छन् भने प्रस्तावकमा माओवादीका गणेश उप्रेती रहेका छन् । सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । सत्तारुढ गठबन्धनको भागबण्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भए अनुरुपनै उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता पछि सिटौलाले गठबन्धन दलहरु एक भएर लाग्ने र एक भएर अगाडि बढ्ने बताए । उनले पार्टी भित्रका विवाद पनि मिलाउने र आगामी दिनमा गठबन्धनलाई अझ बलियो बनाएर लैजाने बताए । 


कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । 


 


Author

थप समाचार
x