मिश्रलाई काउन्टर : हाम्रो राजनीति जातीय र धार्मिक अहंकारका लागि हुनु हुँदैन (पूर्ण पाठ)
काठमाडौँ - विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेसहितका चार नेताले यसअघि अर्का अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको प्रस्तावलाई काउन्टर दिनेगरी अर्को प्रस्ताव ल्याएका छन् । 'वैकल्पिक राजनीतिको मूल बाटो शीर्षक दिएर ल्याइएको प्रस्तावमा अधिकांश विषय मिश्रले राखेको विचारलाई काउन्टर दिने खालकै छन् । 'हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चाहान्छौं,' प्रस्तावमा भनिएको छ, 'हामीले वैकल्पिक राजनीतिमाथि बहस गरी रहदाँ निकालको मुख्य निष्कर्ष थियो ‘व्यवस्था फेरियो, अब अवस्था फेरौं।'
यो निश्कर्ष जनआन्दोलन ०६२/६३ लाई संस्थागत गर्दै अगाडि जाने निश्कर्ष हो। यो अर्थमा संघीय, लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो, प्रभावकारी र परिणामखी बनाउँदै देशको अवस्था परिवर्तनर्त गर्नु हाम्रो राजनीतिक अभियानको अभिष्ट र प्रमख गन्तव्य हो।'
प्रस्तावमा अगाडि भनिएको छ, 'लोकतान्त्रिक मान्यतालाई के वैकल्पिक राजनीतिले भत्काउन मिल्छ ? के हामी प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने पश्चगामी प्रयत्नहरुको मतियार भएर नयाँ द्वन्दको विजारोपण गर्न चाहन्छौं ? त्यो किमार्थ हाम्रो बाटो होइन । यसगैरी हाम्रो जस्तो बहुधार्मिक र बहुसांस्कृतिक मलुकमा संघीयता, धर्मनिरपक्षेता र समानुपातिक समावेशी प्रतिनिधित्व लोकतन्त्रको सुन्दर प्रयोग हो । यो नै सामाजिक सद्भाव, एकता र सामाजिक स्वामित्वको आधार हो ।'
यसअघि अर्का अध्यक्ष मिश्रले वर्तमान परिवर्तनलाई उल्ट्याउनु पर्ने प्रस्ताव अघि सारेका थिए । गणतन्त्र आयातित भएको, संघीयता र धर्म निरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव थियो ।
यो पनि
रवीन्द्र मिश्रको प्रस्ताव: संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह(पूर्ण पाठ)
पूर्ण पाठ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया