दल

कांग्रेस दाङ सभापतिमा चार जनाको उम्मेद्‌वारी, आज मतदान

इकागज |
मंसिर ११, २०७८ शनिबार ६:४३ बजे

दाङ- नेपाली कांग्रेस दाङको सभापतिका लागि चार जनाको उम्मेद्‌वारी परेको छ । संस्थापन पक्षबाट जानकीलाल बस्नेत र भुपबहादुर डाँगी तथा संस्थापन इतरबाट कमल किशोर घिमिरे र शंकर डाँगीले  सभापतिका लागी मनोनयन दर्ता गराएका हुन् । 

उपसभापतिमा सात जनाले उम्मेद्‌वारी दर्ता गराएका छन् । उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।


सचिव पदमा चार जनाले उम्मेद्‌वारी दिएका छन् । निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश रानाले उम्मेद्‌वारी दिएका छन् । सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उम्मेद्‌वारी दिएका छन् ।

सात जना पदाधिकारी, १८ जना समावेशी ,२७ जना एक पालिकाबाट दुई/दुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृयाबाट  नेतृत्व चयन हुन लागेको छ ।

घोराहीको भरतपुर क्याम्पसमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
 


Author

थप समाचार
x