दल

एमाले १० औँ महाअधिवेशन

सर्वसम्मत पदाधिकारी चयनमा पूर्वमाओवादी नेताहरुको पनि जोड

चुनावमा जादाँ माओवादीबाट आएकाले जित्ने देखिँदैन - चौधरी

इकागज |
मंसिर ११, २०७८ शनिबार २१:९ बजे

फाइल फोटो

चितवन - सौराहामा जारी एमालेको १० औँ महाधिवेशनमा सर्वसम्मत पदाधिकारी चयन गर्नुपर्नेमा पूर्वमाओवादी नेताहरुले पनि जोड दिएका छन् । बन्द सत्रमा बोल्दै एमालेका पूर्वमाओवादी नेता गौरीशंकर चौधरीले पदाधिकारीका लागि चुनाव हुँदा पूर्व माओवादी नेताहरुले जित्ने सम्भावना नरहेकाले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

अरु माओवादीबाट आएका नेताहरुको पनि एकता महाधिवेशनका रुपमा सर्वसम्मत हुनुपर्ने उनको भनाइ छ । ‘चुनावमा जाँदा माओवादीबाट आएका साथीहरु जित्ने देखिँदैन,’ उनले भने, ‘त्यसकारण सर्वसम्मत हुनुपर्छ भन्ने हो । सबैलाई मिलाएर लैजाऔँ भन्ने कुरो हो ।’ 
 



Author

थप समाचार
x