दल

एमाले १० औँ महाअधिवेशन

सहमति भएका पदाधिकारीको नामावली प्रिन्ट गरियो

अध्यक्ष मण्डलको बैठकमा पेश गरिने

इकागज |
मंसिर १२, २०७८ आइतबार २०:५१ बजे

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सहमति भएका नामावली प्रिन्ट गरिएको छ । एमाले नेता विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीसहित बसेका प्रमुख नेताहरुले टुंग्याएको नामावली प्रिन्ट गरेका हुन् ।

सञ्चारकर्मीले देख्ने गरि नामावली प्रिन्ट गरेका उनले टुंग्याइएका पदाधिकारीबारे भने केही पनि खुलाएनन् । पत्रकार जिज्ञासा सोधेपनि उनले कुनै प्रतिक्रिया दिएनन् । प्रिन्ट गरिएका नामावली अध्यक्ष मण्डलको बैठकमा पेश गर्ने तयारी छ ।


अध्यक्ष मण्डलको बैठकले टुंग्याएपछि बन्दसत्रमा नाम प्रस्ताव गरेर पारित गर्ने तयारी छ । 


Author

थप समाचार
x