दल

बन्द सत्रस्थल बाहिर नाराबाजी:

आज होइन भोलिलाई, १० वर्ष ओलीलाई : भीम रावल मुर्दावाद !

इकागज |
मंसिर १२, २०७८ आइतबार २२:५ बजे

चितवन - एमालेको १० औँ महाधिवेशनको बन्द सत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको छ । खासगरी ओली पक्षका समर्थकले ओलीको पक्षमा नाराबाजी गरेका छन् । 


नाराबाजी गर्नेले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै नारा लगाएका छन् । ‘नेकपा एमाले जिन्दावाद’ भनिरहेका उनीहरुले ‘भीम रावल मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् ।

सर्वसम्मति गर्नुपर्नेमा जोड दिँदै एमाले कार्यकर्ताले बन्द सत्रस्थल बाहिर केहीबेर नाराबाजी गरेका हुन् ।

 


Author

थप समाचार
x