दल

एमाले १० औँ महाअधिवेशन

भीम रावललाई उम्मेद्वारी नदिन आग्रह गर्छौ : ओली

इकागज |
मंसिर १३, २०७८ सोमबार ३:२२ बजे

फाइल फोटो

चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई उम्मेद्वारी नदिन आग्रह गरेका छन् । बन्द सत्रमा केन्द्रीय सदस्यको सूची प्रस्तुत गरेपछि बोल्दै अध्यक्ष ओलीले असहमति बाहिर लिएर जानू बाच्छनीय हुँदैन भन्दै रावललाई उम्मेद्वारी नदिन आग्रह गरेका हुन् ।

आफूले रावललाई उपाध्यक्षमा बसेर काम गर्न आग्रह गरेको पनि ओलीले बताए । तर उनले नमानेको ओलीको भनाइ छ ।


‘मैले भीम रावललाई उपाध्यक्ष भएर काम गर्न भने । उहाले मान्नु भएन,’ उनले बन्द सत्रमा भने, ‘हलले भीम रावललाई उम्मेदवारी नदिन आग्रह गर्छौ।’ 


 


Author

थप समाचार
x