दल

राष्ट्रिय सभा निर्वाचन : एमालेले ८ मध्ये ७ सिट गुमायो

इकागज |
माघ १२, २०७८ बुधबार २०:२४ बजे

काठमाडौं – राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । 

पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । जसको मत परिणाम सार्वजनिक भइसकेको हो । 


निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । 

आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । 


Author

थप समाचार
x