दल

गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछः नेता निधि

इकागज |
बैशाख १८, २०७९ आइतबार १४:११ बजे

फाइल फोटो

विराटनगर - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका हुन् । 


नेता निधिले भने, `यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्नेछ ।` 

 पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले  एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक हो भने । रासस


Author

थप समाचार
x