राजनीति

भद्रपुरमा कांग्रेस विजयी

इकागज |
जेठ ५, २०७९ बिहीबार ५:३५ बजे

काठमाडाैँ – झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ ।

कांग्रेस उम्मेदवार गणेश पोखरेल उक्त नगरपालिकाकाे मेयरमा निर्वाचित भएका हुन् । उनले १२५२५ मत ल्याएका छन्।


त्यस्तै नेकपा एमालेका उम्मेदवार असारू राजवंशी पराजित भए। उनले ९७५९ मत ल्याएका हुन्।

उपमेयर भने राप्रपाले जितेको छ। राप्रपा उम्मेदवार राधा कार्कीले ९२३० मतसहित उपमेयर जितिन्।
 


Author

थप समाचार
x