राजनीति

एक वर्षभित्रै गाउँमा बिजुली बाल्ने नवनिर्वाचित अध्यक्षको घोषणा

इकागज |
जेठ १४, २०७९ शनिबार १५:१६ बजे

उदयपुर- उदयपुरको सबैभन्दा दुर्गम गाउँपालिकाको रुपमा चिनिने ताप्ली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ढुंगराज विकले एक वर्षभित्रै ताप्लीको सबै ठाउँमा बिजुली पुर्‍याउने घोषणा गरेका छन् । शनिबार कार्यभार सम्हाल्दै उनले यस्तो बताएका हुन् ।

यस गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विक र नेपाली कांग्रेसबाट उपाध्यक्षमा धनम मगर निर्वाचित भएका छन् । नवनिर्वाचित अन्य जनप्रतिनिधिले पाँच वर्षभित्र असक्त, अपांगता भएका, एकल महिला, दलित समुदायको स्वास्थ्य बिमा गरिसक्ने उद्घोष गरेको छ । 


उनीहरूले जेहेन्दार विद्यार्थीलाई एमबीबीएस, इन्जिनियरिङ अध्ययनका लागि वार्षिक १० लाखका दरले पाँच बर्षमा ५० लाख रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको बताए । सामाजिक सुरक्षा भत्ता वडा र घर घरसम्म पुर्‍याउने, सबै सेवा वडाबाटै दिनसक्ने व्यवस्था मिलाउने योजना रहेको बताए ।

सञ्चार पहुँचबाट समेत पछि रहेको पालिकाको सबै क्षेत्रमा फोन र इन्टरनेट चल्दैन । यो समस्या पनि चाडै हल गर्ने उनीहरूको भनाइ छ । 


Author

थप समाचार
x