राजनीति

स्वतन्त्रबाट विजयी गाउँपालिका अध्यक्ष केसी माओवादीमै फर्किए

इकागज |
जेठ १७, २०७९ मंगलबार १६:५१:२१ बजे

सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसी माओवादी केन्द्रमै फर्किएका छन् । आज एक कार्यक्रमकाबीच माओवादी केन्द्र कर्णाली प्रदेशले केसीलाई सम्मान गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै केसीलाई सम्मान गरेको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेका हुन् । माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले स्वतन्त्रबाट विजयी महेश पार्टीमै फर्किएको जानकारी दिइन् ।


‘उहाँ स्वतन्त्रबाट विजयी भएपनि अहिले पार्टीमै फर्किनुभएको छ र हामीले सम्मान गरेका हौ’ प्रदेश अध्यक्ष केसीले भनिन् । कालीकोटको शान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी १ हजार ८ सय २२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार डम्बरबहादुर शाहीले १ हजार ३ सय २५ मत ल्याएर पराजित भएका हुन् ।


Author

थप समाचार
x