राजनीति

अहिलेको गठबन्धन प्रदेश र संघको चुनावसम्म कायम रहन्छ : नेपाल

इकागज |
जेठ १९, २०७९ बिहीबार १२:१८ बजे

सुर्खेत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन प्रदेश र संघको चुनावसम्म कायम रहने बताएका छन् । उनले तत्काल बाम एकता सम्भव नभएको प्रष्ट पारे । ‘वर्तमान गठबन्धन आगामी प्रदेश र संघको चुनावसम्म कायम रहने भएकाले टुट्छ की भनेर शंका नगर्न आग्रह गर्दछु’ नेपालले भने, ‘अहिले एमाले, माओवादी र समाजवादीबीच तालमेल हुनसक्ने भनेर बाहिर जुन खालका कुराहरु आएका छन्, त्यो सम्भव छैन ।’

कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले वाम एकताको सम्भव नभएको उनले टिप्पणी गरेका हुन् । नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने समेत प्रस्ट पारे ।


अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे । साथै उनले वर्तमान गठबन्धन आगामी प्रदेश र संघको चुनावसम्म कायम रहने भएकाले यसमा शंकामा नगर्न सबैलाई आग्रह गरेका छन् । उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको समेत स्वष्ट पारे ।


Author

थप समाचार
x