राजनीति

महङ्गीविरूद्व सडकमा उत्रियाे एमाले

इकागज |
साउन १०, २०७९ मंगलबार १८:४८ बजे

मकवानपुर । हाल प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेले बढ्दो महङ्गी कालोबजारी, अभाव, भष्ट्रचार विरुद्ध जनप्रदर्शन गरेको छ । एमालेले बागमती प्रदेशको राजधानी हेटौंडामा यसविरुद्व र्‍याली गरेको हो ।

र्‍याली प्रदर्शन गर्दै एमालेले संघीय निर्वाचनको मिति घोषणा गर्न पनि माग गरेको हो । हेटौंडा ५ पुष्पलालपार्क स्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हेटौंडा बजारको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कोणसभामा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले परमादेशबाट बनेको गठबन्धन सरकार जनताप्रति गैरजिम्मेवार बन्दै गएको आरोप लगाए । उनले गठबन्धन सरकार जनताबाट अनुमोदित नभएको र जनताप्रति प्रतिबद्ध नरहेको भन्दै छिटो भन्दा छिटो संघीय निर्वाचन घोषणा गर्न माग गरे ।

विरोध प्रदर्शन कार्याक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना लगायत एमाले बागमती प्रदेश सदस्यहरु,जिल्ला पदाधिकारीहरु र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x