राजनीति

बाढी पीडितका लागि सरकारले उचित व्यवस्थापन गर्छ : परराष्ट्रमन्त्री

इकागज |
साउन १९, २०७९ बिहीबार १५:२० बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन् ।

बिहीबार सप्तकाेसी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोसी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन् । उनले बाढीका कारण हजारौं विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाध्‍ने काम सुरु हुने जानकारी दिए ।


कोसीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्‍न हुँदा २० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।


Author

थप समाचार
x