बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, सिट बाँडफाँटको विषयमा छलफल हुँदै

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी रहेको प्रेस संयोजक गोविन्द परियारले बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । बैठकमा राजनीतिक एवं समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको विषयमा छलफल हुँदै आएको छ ।
सिट बाँडफाँटको मोडालिटी तय गर्नका लागि गठन भएको कार्यदलको बैठकले ठोस निर्णय गरेको छैन । कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझाबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गरेका छन् । गठबन्धनको बैठकमा त्यसबारे छलफल भएपछि कार्यदलले प्रतिबेदन तयार गर्ने तयारी गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया