राजनीति

चार राजनीतिक दलले गरे निर्वाचन बहिष्कार गर्ने घोषणा

इकागज |
असोज ६, २०७९ बिहिवार १६:१६ बजे

काठमाडौँ- विभिन्न चारवटा राजनीतिक दलले आसन्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । काठमाडौँ बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरूले आउँदो ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । 

निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 


निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरूमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।

निर्वाचन बहिष्कार घोषणा गर्ने क्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको दुःखको कारण दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको र यो व्यवस्थाको चुनावमा भाग लिनु भनेको ती जनताको दुःख र शोषण–उत्पीडनलाई अझ बढी हुर्काउनु हो ।’


Author

थप समाचार
x