राजनीति

लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखियाे : बाबुराम भट्टराई

इकागज |
असोज ९, २०७९ आइतबार १६:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भइरहेको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा भट्टराईले कुनै जिम्मेवारी नै नलिएर उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भएको र संघीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखिएको बताएका हुन् ।


संघीयतालाई बलियो बनाउन संविधान बनाउने क्रममा पनि त्रुटी रहेको र अहिले ठीक ढंगले कानुन नबनाउँदा गर्न नसकेको उनले बताए ।​ उनले मुलुकको द्रुत्तर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको र यस मार्फत गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न काम गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले सार्वजनिक नीतिले राष्ट्रिहितको संरक्षण र सम्वर्द्धन गर्नका लागि प्रतिष्ठान क्रियाशिल रहेको धारणा राखे । 


Author

थप समाचार
x