राजनीति

कांग्रेस समानुपातिकको बन्द सूचीबारे शेखर पक्ष असन्तुष्ट, कार्यालयमा धर्ना दिने तयारी

इकागज |
असोज १०, २०७९ सोमबार १३:८:२ बजे

काठमाडौं– समानुपातिक सूची नसच्याए नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधरले धर्ना दिने भएको छ । सो समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका हुन् ।

कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षका नेताहरुको नामको बाहुल्यता छ । संस्थापनइतरका नेताहरुको नाम नगन्य भएकाले सूची सच्याउनुपर्ने माग उनीहरुको छ । सुरुमा अगाडि नै राखिएका इतर समूहको नेताको नामसमेत बन्द सूचीबाट हटाइएको छ ।


सोमबार बसेको शेखर समूहको बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको एक नेताले जानकारी दिए । उनकाअनुसार मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइने तयारी छ ।


Author

थप समाचार
x