राजनीति

कांग्रेसका दुई नेताले कैलाली-५ मा दिए स्वतन्त्र उम्मेदवारी

इकागज |
असोज २३, २०७९ आइतबार १३:० बजे

धनगढी- नेपाली कांग्रेसका दुई नेताले कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

कैलाली-५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर-५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।


दुई नेताले कैलाली-५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ । कैलाली-५ मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज पन्त र एमालेबाट नारदमुनि राना उम्मेदवार छन् ।

४ मंसिरमा हुने चुनावमा कैलाली-५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाएका छन् । नेपाली कांग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली-५ को प्रतिनिधि सभाका लागि ईश्वरी विष्टले पनि मनोनयन दर्ता गराएकी छन्। 
 


Author

थप समाचार
x