राजनीति

नेकपा एसद्वारा सहमति बाहिर गएर उम्मेदवारी दर्ता

इकागज |
असोज २३, २०७९ आइतबार १९:३१ बजे

जनकपुरधाम। सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारीकै दिन धनुषामा धोका दिएका छ । सत्ता गठबन्धनको चुनावी एकता अनुसार धनुषा क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ कांग्रेस र प्रदेश सभातर्फ २ (क) मा लोसपा र २ (ख) मा एकीकृत माओवादीले टिकट पाएका थिए । तर नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाको नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा गठबन्धनलाई टक्कर दिन उम्मेदवारी दिएको छ ।

नेकपा एसबाट प्रदेश सभामा २ (क) मा शैलेन्द्र यादव र २ (ख) मा रामनारायण साहले उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव, जनता समाजवादीबाट गंगाराम यादवले प्रतिनिधिसभाका लागि उम्मेदवारी गराएका छन् ।



Author

थप समाचार
x