राजनीति

प्रमुख निर्वाचन आयुक्तको चेतावनी : अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्नू

इकागज |
कात्तिक २१, २०७९ सोमबार १६:४० बजे

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् ।​

सोमबार कलाकारहरूसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरूप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन् ।


उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्र हत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरूपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररूपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए ।


Author

थप समाचार
x