राजनीति

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह

इकागज |
कात्तिक २३, २०७९ बुधबार १६:१८ बजे

फाइल तस्वीर

काठमाडौं– निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो । 


मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ । गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थगन गरेको भए पनि आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा सुुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताए।

निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको पनि उनले जानकारी दिए । सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो सामग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रशारण भइरहेको बताए । 

राजनीतिक दलमा उम्मेद्वारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने उनको भनाइ छ । उनले प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रका सक्कली मतपत्रको ढाँचा आयोगले वेब साइडमा राखेकाले सोही मतपत्रका आधारमा मतदातालाई मतदाता शिक्षा दिन राजनीतिक दलहरुलाई आग्रह गरे ।

उनले विगतका निर्वाचनहरुमा भन्दा यो निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्युनीकरण गरी निर्वाचन राम्रो बनाउने योजना रहेको बताए । 


Author

थप समाचार
x