राजनीति

चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु : नेता सिंह

इकागज |
कात्तिक २७, २०७९ आइतबार १२:५१ बजे

फाइल तस्वीर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।    
    
समस्या समाधानका लागि भूमिआयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए । नेता सिंहले भने  “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ ।” थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उनले प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता जनाए ।    
    
समस्या समाधान गर्दा जबरर्जस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनको प्रतिबद्धता छ । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले सरल र छिटोछरितो बनाउन पहल गर्ने उल्लेख गरे ।      
  



Author

थप समाचार
x