राजनीति

लैंगिक समावेशी र अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन

इकागज |
मंसिर १, २०७९ बिहीबार २०:५३ बजे

काठमाडौं- आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । 

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन समेत आवश्यक निर्देशन दिइएको जनाएको हो । 


यस्तै मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको समेत आयोगले जनाएको छ । 


Author

थप समाचार
x