राजनीति

इलाम-२ मा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थगित

इकागज |
मंसिर १०, २०७९ शनिबार १७:५० बजे

​काठमाडौँ- इलाम २ प्रतिनिधि सभाका लागि भइरहेकाे मतगणना स्थगित भएकाे छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएपछि मतगणना स्थगित भएकाे हाे । अहिले इलामको वडा नम्बर १ को गणना भइरहेको थियाे ।

मतगणना स्थगित भएपछि अहिले त्यहाँ स्थिति तनाव ग्रस्त भएकाे बताइएकाे छ ।


पछिल्लाे मतगणनाकाे परिणामअनुसार यहाँ नेकपा एमाले नेता सुवास नेम्वाङ १३० मतले अगाडि थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई १३० मतले पछि पार्दै  उनी अघि थिए ।

इलाम वडा नम्बर ३ को गणना सकिन बाँकी रहेकाे थियाे ।

हालसम्मको मतगणना अनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत पाउँदा खड्काले २९ हजार ५ मत पाएका छन् । 
 


Author

थप समाचार
x