राजनीति

रामेछापमा गठबन्धनको 'क्लिप स्वीप'

इकागज |
मंसिर ११, २०७९ आइतबार १४:२३ बजे

रामेछाप- एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी भएका छन् प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका हुन् ।    
    
एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय २९ मत प्राप्त गरेका थिए ।  
    
एमालेका उम्मेदवार ढुङ्गेललाई १६ हजार तीन सय ६९ मतले पछि पार्दै तामाङ निर्वाचित भएका हुन् । प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न हुँदा चार हजार सात सय ८१ मत बदर भएको थियो । यस्तै प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार एक सय ४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।    
    
श्रेष्ठले पौडेललाई एक हजार नौ सय ९१ मतले पराजित गरेका हुन् । यस्तै प्रदेशसभा (२) मा पनि गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका युवराज चौलागाईंले एमालेका मिलनकुमार घिसिङलाई पराजित गरेका थिए । चौलागाईंले २२ हजार नौ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ हजार दुई सय छ मत प्राप्त गरेका थिए । चौलागाईंले घिसिङलाई चार हजार सात सय ७३ मतान्तरले पराजित गरेका हुन् ।



Author

थप समाचार
x