बाजुरामा ११ दिनपछि मतगणना सुरु हुँदै
फाइल तस्बिर
काठमाडौँ- बाजुरामा आज (बिहीबार) साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ । बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरु हुने भएको हो ।
निर्वाचन सम्पन्न भएको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले आज दिउँसो साढे तीन बजेबाट मतगणना सुरु हुने जानकारी दिए । यसअघि विवादका कारण मतगणना कार्य सुरु हुन सकेको थिएन ।
टोलीले त्यहाँको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरु गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।
र याे पनि,
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया