राजनीति

मेयर बालेनकाे कटाक्ष : 'राजा फर्काउँछु, चाहिन्न र राजा मार्छु भन्ने सबै सरकारमा'

इकागज |
पुस १०, २०७९ आइतबार १८:५४ बजे

काठमाडौँ- सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४४ औँ प्रधानमन्त्री बनेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् ।

मेयर शाहले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहाललाई समर्थन गर्नेहरूमा राजा फर्काउँछु र चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीन वटा दल सरकारमा रहेको भन्दै कटाक्ष गरेका हुन् ।


उनले राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीन वटै दल सरकारमा रहेको बताए । शाहले भने, 'हामी प्रजा सधैं सास्तीमा ।'

 


Author

थप समाचार
x