राजनीति

अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्छु : अर्थमन्त्री पौडेल

इकागज |
पुस ११, २०७९ सोमबार १८:४९ बजे

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।

सोमबार सिंहदरबार पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणहरू पत्ता लगाउन विज्ञसँग छलफल गरेर आवश्यक काम गर्ने बताए । अर्थतन्त्रमा देखिएका चुनौती काबुबाहिर नभएको समेत उनकाे भनाइ छ ।


संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि धेरै ठूलो मेहनत गर्नुपर्ने र आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्ने उनको जिकिर छ ।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।


Author

थप समाचार
x