राजनीति

राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे ‘पोजिसन क्लियर’ गर्ने

इकागज |
फागुन १२, २०७९ शुक्रबार ७:१४ बजे

फाइल तस्बिर

काठमाडौं - सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२ः३० बजेका लागि बोलाएका हुन्।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति हुन नसकिरहेको बेला राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको बुझिएको छ । 

राप्रपाभित्र पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परे पछि एकै धारणा बनाउनबैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताए ।

उनका अनुसार पार्टीका नेता पशुपतिशमशेर राणा पक्षधर कांग्रेसका उम्मेदवारका पक्षमा उभिने संकेत पाएपछि अध्यक्ष लिङदेनले साझा धारणा बनाउन बैठक बोलाएका हुन् । 


Author

थप समाचार
x