राजनीति

मन्त्री श्रेष्ठलाई अगाडि राखेर मूलपानीमा जग्गा धनीहरूबीच चर्काचर्की

इकागज |
चैत ३, २०७९ शुक्रवार १७:४८ बजे

काठमाडौँ - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा उनीहरुबीचमा विवाद भएको छ । 

शुक्रवार मन्त्री श्रेष्ठ मूलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो । उनीहरुले सडकमा परेको घर मुआब्जा नदिई भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पत्ति नछोड्ने भन्दै मन्त्रीलाई गुनासो गरेका थिए । तर अर्का
स्थानीयले सडक छेउको जग्गा बाटो छोडेर बेचेको सुनाए । उनले घरधनीले दुःख गरेर कमाएको सम्पत्ति सरकारलाई सित्तैमा दिन नसकिने बताए । 


उनले मन्त्रीलाई जग्गाको मुआब्जा नदिए सडक नबनाउन अदालतको आदेश रहेकाले सरकारसँग मुआब्जा दिनुपर्ने बताए । त्यत्ति नै बेला मन्त्री श्रेष्ठले सरकारले अदालतको आदेश पालना गर्ने भन्दै सडकमा परेका जग्गा धनीले एक पटक मुआब्जा आएर पनि पुनः माग गरेकोप्रति जवाफ मागेका थिए । 

जग्गा धनीले मन्त्रीलाई अहिलेसम्म मुआब्जा नपाएको सुनाए । उनले सडकमा जग्गा पर्ने अरू सबैको आफूले जिम्मा लिन नसक्ने भन्दै अरूको विषय बोल्न उचित नरहेको बताए । विाद चर्किएपछि मन्त्रीले अदालतको फैसलाबारे आफू जानकार रहेकाले अदालतको फैसलाअनुसार नै सडक निर्माण अघि बढ्ने बताए । स्थानीयहरुले मन्त्रीको अनुगमनका क्रममा मन्त्रीलाई नै एक अर्काका पोल खोलेका थिए ।


Author

थप समाचार
x