राजनीति

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत

इकागज |
चैत ४, २०७९ शनिवार २१:११ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन् । 

नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा उनले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन शिक्षकको भूमिका विशिष्ठ भएको भन्दै थप गम्भीर बन्न शिक्षकहरूलाई आग्रह गरे । उनले संघीय शिक्षा ऐन छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 


बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले संघीय शिक्षा ऐन जारी गर्नका लागि पार्टी र आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल शिक्षक संघका बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, संघीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, कांग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईँलगायतले शिक्षकले खेल्नुपर्ने भूमिकाको चर्चा गरे । 


Author

थप समाचार
x