राजनीति

नवलपरासी बर्दघाट सुस्ता पूर्वका दुई क्याम्पसमा स्ववियु चुनाव बाँकी

इकागज |
चैत ६, २०७९ सोमबार १४:३२ बजे

काठमाडौं– नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अब दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनाव हुन बाँकी छ । स्ववियु हुन बाँकी क्याम्पसमा बर्दघाट सुस्ता पूर्वस्थित अमरापुरीको जनमुखी आदर्श कलेज र चोरमाराको नवजागरण बहुमुखी क्याम्पस छन् । 

त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूमा देशैभर आइतबार  स्ववियु निर्वाचन सम्पन्न गर्ने निर्देशन जारी गरेको थियो । जसमा अधिकांशमा स्ववियु शान्तिपूर्ण सम्पन्न भयो । 


नवलपरासी बर्दघाट सुस्ता पूर्वमा भने कालिका संस्कृत विद्यापीठमा नेपाल विद्यार्थीसंघ, देवचुली क्याम्पसमा अखिल क्रान्तिकारी, कुमारवर्ती बहुमुखी क्याम्पसमा नेविसंघ, अरुणखोला बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) समाजवादी र मध्यबिन्दु बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूह विजयी भएका छन् ।  


Author

थप समाचार
x