राजनीति

सत्तागठबन्धनमा  मन्त्रालयको भागबन्डा मिल्यो, कुन दलबाट कति मन्त्री ?

इकागज |
चैत १५, २०७९ बुधबार १८:५२ बजे

काठमाडौँ । सत्ता गठबन्धन दलहरूले लामो छलफल पछि मन्त्रालयको भागबन्डा मिलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएका हुन् । जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । 

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई/दुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक/एक मन्त्रालय पाएका छन् । यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन् । तर समाजवादीले तीन मन्त्रालय दाबी गरेकाले एक राज्यमन्त्री समाजवादीलाई दिने सम्भावना बढेको बैठकमा रहेका एक नेताले जानकारी दिए । त्यसबारे भने टुंगो लागिसकेको छैन् । 


पार्टीहरूले कुन मन्त्रालय कसले पाउने भन्नेबारे पनि कुनै छलफल नभएको ती नेताले बताए । 


Author

थप समाचार
x