राजनीति

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

इकागज |
चैत २२, २०७९ बुधबार १५:४५ बजे

फाइल फोटो

काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएका छन् ।गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् । 

उपचारमा संलग्न चिकित्सकका अनुसार  राष्ट्रपति पौडेलको छातीमुनि पेट र बाँया कोखा दुख्ने समस्या भएको र निको भएपछि बुधबार डिस्चार्ज गरिएको हो । राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल  निवास गएका छन् । 
 



Author

थप समाचार
x