राजनीति

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ : मन्त्री गुरुङ

इकागज |
चैत २७, २०७९ सोमबार १८:२ बजे

काठमाडौँ- सहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छिन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् । उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने उल्लेख गरिन् ।


मन्त्री गुरुङले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन् ।

समस्या समाधानका लागि सरकार लागिपरेको पनि मन्त्री गुरुङकाे भनाइ छ ।


Author

थप समाचार
x