समयमा नै काम नगर्नेसँग ठेक्का सम्झौता रद्द गर्छौं : मन्त्री ज्वाला
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमा नै काम नगर्नेसँग ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा सरकार अघि बढेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री ज्वालाले विभिन्न आयोजना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै समयमा नै काम नगर्नेसँग ठेक्का सम्झौता रद्द गर्ने र समयमै काम गर्नेलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको बताएका हुन् ।
उनले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउने राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको धारणा राखे । राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अहिले जुन गतिमा काम हुनुपर्ने हो, त्यो गतिमा हुन नसकेको स्वीकार गर्दै उनले सरोकारवालाहरूसँग छलफल गरी तीव्रताका साथ अघि बढाउन निर्देशन दिइसकेको बताए ।
उनले आगामी आर्थिक वर्ष सुरु हुनुभन्दा पहिले नै हुम्लाको सिमिकोटसम्म यातायात पुर्याउने गरी काम अघि बढाइसकेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया