राजनीति

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

इकागज |
बैशाख २१, २०८० बिहीबार १७:४ बजे

काठमाडौँ- ​​नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए । उनले आम नागरिकहरूले देख्नेगरी काम गर्ने बताए ।


उनले हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि आग्रह गरे । उनले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिबद्धता जनाए ।

खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

 


Author

थप समाचार
x