नक्कली भुटानी शरणार्थी प्रकरण :
कांग्रेस नेता तथा पुर्वगृहमन्त्री खाणलाई टेकु पुर्याइयो, आजै अदालत लगिने
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।
प्रहरी उच्च स्रोतका अनुसार पुर्व गृहमन्त्री खाणलाई प्रहरी परिसर टेकु लगिएको छ । उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो ।
र,यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया