राजनीति

कालीकोटमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

इकागज |
जेठ १८, २०८० बिहीबार १०:३३ बजे

काठमाडौँ– नेपाली भूमि समेटेर भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै कालीकोटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । बुधबार ‘चे फोर्स, कालीकोट’ले भारतले नेपाली भूमिसहित जारी गरेको ‘अखण्ड भारत’ नामक नयाँ नक्साको विरोधस्वरुप मोदीको पुत्ला जलाएको हो । 

‘चे फोर्स कालीकोट’का ब्रिगेडियर हिक्मतजंग मल्लले भारतीय विस्तारवाद नीति कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । ‘नेपाल सधैँ सार्वभौम मुलुक हो । हाम्रो भूमि कसैले आफ्नो नक्सामा राख्छ भने हामी चुप बस्दैनौँ । हामी भारतीय विस्तारवाद नीतिको घोर विरोध गर्छौँ,’ मल्लले आक्रोश पोखे । 


‘चे फोर्स’ले राष्ट्रपति रामचन्द्र पौडेलको पनि पुत्ला दहन गरेको छ । पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रको हितमा नभएको भन्दै उनको पुत्ला जलाइएको हो । 

भारतले केही दिनअघि नेपाली भूभाग लुम्बिनी र कपिलवस्तुसहितको नयाँ नक्सा आफ्नो नवउद्घाटित संसद् भवनमा राखेको थियो । यसलाई लिएर अहिले नेपालमा व्यापक विरोध भइरहेको छ । 


Author

थप समाचार
x