राजनीति

हिन्दू राष्ट्र र राजाको बारेमा एक शब्द पनि उच्चारण भएन : प्रधानमन्त्री प्रचण्ड

इकागज |
जेठ २२, २०८० सोमबार १५:५४ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणका क्रममा हिन्दू राष्ट्र र राजाको बारेमा एक शब्दसमेत उच्चारण नभएको जिकिर गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

‘एकजना माननीयले राजाको बारेमा पनि भयो कि भनेर सोध्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विल्कुल भएन । म अहिले सम्मानित सदनको अगाडि उभिएर एउटा ऐतिहासिक प्रतिवद्धताका साथ भन्छु– न राजाको बारेमा एक शब्द उच्चारण भयो, न हिन्दूको बारेमा । हामी त्यसमा प्रवेशै गरेनौँ ।’


राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण र कालापानीको भूभाग सट्टापट्टा गर्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, राप्रपा, रास्वपालगायत प्रतिपक्षी दलले आइतबारको सदन अवरुद्ध गरेका थिए । सोमबार प्रधानमन्त्रीले जवाफ दिएपछि संसद् बैठक चलेको हो ।

अहिले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य दिइरहेका छन् । 


Author

थप समाचार
x