राजनीति

प्रधानमन्त्रीलाई  सांसद मैनालीको प्रश्न– रुसी सेनामा नेपाली युवाहरूको प्रवेशबारे सरकारको धारणा के हो ?

इकागज |
असार ८, २०८० शुक्रबार १३:२ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद अच्युत मौनालीले रुसी सेनामा नेपाली युवाहरूको प्रवेशबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका छन् । 

शुक्रबार प्रतिनिधिसभामा भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा कार्यक्रममा मैनालीले भने, ‘रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारको जवाफ चाहन्छु ।’


मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले रुसको नामै नलिइ जवाफ दिए, ‘अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने कुरा पनि राख्न चाहन्छु ।’

प्रधानमन्त्रीसँग सांसदहरूको कार्यक्रम सकिएको छ । शुक्रबारको संसद बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग विभिन्न विषयका प्रश्न सोधेका थिए । 


Author

थप समाचार
x